1
0
Shares

छोटो र मध्यम दूरीका यात्रुबाहक सवारी १० गतेपछि पनि चल्ने

1
1
1

सरकारले आगामी चैत ९ गतेदेखि लामो दूरीका सवारीसाधन चलाउन रोक लगाएपनि छोटो तथा मध्यम दूरीका सवारीसाधन भने निर्वाधरूपमा संचालन हुनेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै ९ गतेदेखि २१ गतेसम्म लामो दूरीका सबै यात्रुबाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको घोषणा गरेका थिए । प्रधानमन्त्रीको यो घोषणासँगै सर्वसाधारणमा कति किमीसम्मको दूरीलाई लामो भनिएको हो भन्ने जिज्ञासा बढ्दो छ ।

यातायात व्यवस्था विभागले २२५ किलोमिटरसम्मलाई छोटो दूरी र २५० किलोमिटरसम्मको दूरीलाई मध्यम दूरी भनेको छ । २५० भन्दा माथिलाई लामो दूरीलाई लामो दूरी भनेको छ । त्यसैले २५० किलोमिटरसम्मका सवारीसाधन निर्वाध संचालन हुनेछन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीम प्रसाद ढकालले छोटो तथा मध्यम दूरीको सवारीसाधन संचालनमा अवरोध नहुने  जानकारी दिए । सरकारले सिट क्षमता भन्दा एक जनापनि बढी यात्रु नबोक्न र सवारीसाधन सफा राख्न निर्देशन दिइसकेको छ । बढी भाडा लिने र बढी यात्रु राख्नेलाई कडा कारबाही गरिने जनाएको छ ।

प्रकाशित: ८ चैत २०७६ ०९:४३ शनिबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी