नेपालले टस जित्यो,पहिला ब्याटिङ गर्दै

नेपालले टस जित्यो,पहिला ब्याटिङ गर्दै


नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा ओमानसँग टस जितेको छ।

टियु क्रिकेट मैदानमा भएको टसमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकाे हाे। नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ। घाइते दीपेन्द्रसिंह ऐरीले आज खेलेका छैनन्। उनी नखेल्दा सन्दीप जोरा प्लेइङ ११ मा फर्किएका छन्। 

नेपालले सेमिफाइनल युएईलाई ८ विकेट तथा ओमानले बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाउनुको साथै विश्वकपमा पुगेका थिए।नेपालले यसअघि २०१४ मा टि२० विश्वकप खेलेको थियो। ओमानले २०१६ र २०२१ मा टि२० विश्वकप खेलेको थियो। २०२१ मा युएई आयोजक हुँदा ओमान सह-आयोजक थियो।

Logo