पूर्व डेपुटी गभर्नर निरौलासँग भन्छन्- ‘ठूला व्यवसायीले ऋण थप्दै जाँदा अर्थव्यवस्था नै समस्यामा छ’

पूर्व डेपुटी गभर्नर निरौलासँग भन्छन्- ‘ठूला व्यवसायीले ऋण थप्दै जाँदा अर्थव्यवस्था नै समस्यामा छ’


नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर लक्ष्मी प्रपन्न निरौलाले देशको अर्थव्यवस्थामा सुधारको खाँचो रहेको बताएका छन् । केही ठूला व्यवसायीले लिएको ऋण समयमै भुक्तानी नहुने तर थपिँदै जाने प्रवृत्तिले गर्दा अर्थव्यवस्थालाई गम्भीर नकारात्मक असर परिरहेको उनले बताए।

उनले आयातमुखी अर्थतन्त्रमा नै रमाईरहँदा देशको आन्तरिक उत्पादन तहसनहस भएको बताएका छन्। 

पूर्व डेपुटी गभर्नर निरौलाले आयातमुखी अर्थतन्त्रमा नै रमाईरहँदा देशको आन्तरिक उत्पादन तहसनहस भएको भन्दै आन्तरिक उत्पादनलाई बढाउँदै हाल उपलव्ध श्रोत र साधनलाई अधिकतम प्रयोग गर्नुपर्नेमा जोड दिएका छन्। 

‘हाम्रो अर्थतन्त्रमा संरचनात्मक समस्याहरु छन्। जब हाम्रो अर्थतन्त्र आयातमुखी अर्थतन्त्रको रुपमा विकास गर्दै गयौं। जानेर नजानेर अथवा हामीसँग क्षमता कम भएर अथवा जुनसुकै परिस्थिति भएपनि हामीले अर्थतन्त्रलाई आयातमुखी अर्थतन्त्रको रुपमा विकास गर्यौं।’ उनले भने,‘आयातमुखी अर्थतन्त्रको रुपमा विकास गरेपछि बजारमा बस्तु र सेवाको माग घट्नासाथ स्वभाविक रुपमा राजस्व घट्छ, बिदेशमा उत्पादन भएका बस्तुहरु त्यहि मूल्य वृद्धि भएर देशभित्र आउने हो। महँगी बढ्ने भयो र हामीले आयातमुखी अर्थतन्त्रमा नै रमाईरहँदा हाम्रो आन्तरिक उत्पादन तहसनहस भयो। त्यसैले अहिले आन्तरिक उत्पादनलाई जसरी पनि बढाउनुपर्छ। उपलव्ध श्रोत र साधनलाई अधिकतम प्रयोग गर्नुपर्छ।’ 

Logo