उपत्यकामा तास र लङ्गुरबुर्जा खेल्ने १३३ जना समातिए, २१ लाख बरामद

उपत्यकामा तास र लङ्गुरबुर्जा खेल्ने १३३ जना समातिए, २१ लाख बरामद


काठमाडाैँ उपत्यकामा प्रहरीले गत २० दिनको अवधिमा तास र लङ्गुरबुर्जा खेलिरहेको अवस्थामा १३३ जनालाई नियन्त्रणमा लिएको छ।

कात्तिक ११ गतेदेखि ३० गतेसम्म काठमाडौँको १२, भक्तपुरको २ र ललितपुरको २ ठाउँबाट गरी १३३ जना समातिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। 

उनीहरुको साथबाट २१ लाख ७१ हजार ३३५ रुपैयाँ रकम बरामद भएको कार्यालयका एसएसपी दिनेश मैनालीले जानकारी दिए। ११ देखि ३० कात्तिकसम्म कौडाको खालबाट प्रहरीले १२ लाख ९१ हजार ५५० रुपैयाँ बरामद गरेको छ।

काठमाडौँको एक र ललितपुरको एक ठाउँ गरी दुई ठाउँबाट ३२ जना पक्राउ परेका छन्। यो अवधिमा ६९ बुकतास, २० हजारको चेक बरामद भएको प्रहरीले जनाएको छ।  प्रहरीले यस अवधिमा पटाका पड्काएको आरोपमा ८ जनालाई नियन्त्रणमा लिएको छ र ३४४ प्याकेट पटाका बरामद गरेको छ।

Logo