एमसीसी पास गर्ने कि नगर्ने ? कसले के भने ? (भिडियोसहित)

एमसीसी पास गर्ने कि नगर्ने ? कसले के भने ? (भिडियोसहित)


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विवाद पेचिलो बन्दै गएको छ । नेकपाभित्र एमसीसीप्रति दुई खेमा देखिनु र ती खेमाबीच पर्याप्त छलफल हुन नसक्दा एमसीसी विवाद थप पेचिलो बन्दै गएको हो । एमसीसी सम्झौता कार्यान्वयन गर्ने अन्तिम दिन यहि असार १६ गते रहेको छ । त्यसैले बुधबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच भएको भेटमा स्थायी कमिटी बैठकको मिति तय गरिएको छ । दुई अध्यक्षबीचको सहमति अनुसार स्थायी कमिटीको बैठक यही असार १० मा बस्नेछ ।

एमसीसीलाई लिएर नेकपामा लामो समयदेखि विवाद रहँदै आएको छ । सोही विवाद समाधान गर्न स्थायी कमिटीको बैठक राख्न ओली बाध्य भएको वरिष्ठ नेता माधव नेपाल र प्रचण्ड पक्षका नेताहरुको बुझाइ छ । एमसीसीमा थप छलफल गर्न गत आइतबार ४ बजे सचिवालय बैठक बोलाइएको थियो । जुन अन्तिम समयमा आएर स्थगित भएको थियो । एमसीसी लगायतका विषयमा छलफल गर्नका लागि बोलाइएको बैठककमा पार्टीले गठन गरेको एमसीसी अध्ययन कार्यदलका सदस्यहरु भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई पनि बोलाइएको थियो । नेकपाको गत माघ १५ देखि १९ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले एमसीसी सम्झौतामा अध्ययन गर्न वरिष्ठ नेता झलनाथ खनाल, स्थायी कमिटी सदस्य भीम रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रहेको अध्ययन कार्यदल गठन गरिएको थियो ।

अध्ययन कार्यदलले गत फागुन ९ मा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको थियो । कार्यदलले संशोधनसहित सम्झौता पारित गर्न सुझाव दिएपनि अहिलेसम्म कार्यदलको प्रतिवेदन सार्वजनिक हुन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका कारण गत आइतबार बस्ने भनिएको बैठक स्थगित भएको थियो । यसअघि एमसीसीबारे छलफल गर्न जेठ २७ गते बोलाइएको सचिवालय बैठक पनि अन्तिम समयमा आएर रोकिएको थियो । नेकपाभित्र एमसिसी सम्झौताका कतिपय प्रावधान राष्ट्रिय हित विपरित भएकाले त्यसलाई परिमार्जन गर्नुपर्ने आवाज उठेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ ६ मा नीति तथा कार्यक्रममाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै आगामी वर्षको नीति तथा कार्यक्रममा एमसीसीमा समावेश गरिएको अन्तरदेशीय प्रसारण लाइन बनाउने योजना जस्केलाबाट नभएर मुल ढोकाबाट ल्याएको बताएका थिए । त्यस्तै बिहिबार राष्ट्रिय सभा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै ओलीले एमसीसीलाई राम्ररी अध्ययन गरेर मात्रै आफ्नो धारणा राख्न आग्रह गरेका थिए । एमसीसी सम्झौतामा अनावश्यक विवाद देखिएकाले संसदमा टेबुल भइसकेको अवस्थामा बाँकी निर्णय संसदले नै गर्नुपर्ने बताए । एमसीसी सम्झौता नेपाली कांग्रेसको सरकारले गरेको सम्झौता भएपनि अहिलेको सरकारले छोड्न नमिल्ने उनको भनाइ छ । एमसीसी सम्झौतामा पार्टीले ह्वीप जारी गरेर पास फेल जे गरेपनि छिट्टै गर्नुपर्नेमा उनको जोड छ ।
पूरा भिडियोः

http://https://youtu.be/ykBHZWRKb5A

Skip This
Logo