एनसेलको सेयर बिक्री सम्बन्धमा छानबिन हुन्छः प्राधिकरण अध्यक्ष खनाल

एनसेलको सेयर बिक्री सम्बन्धमा छानबिन हुन्छः प्राधिकरण अध्यक्ष खनाल


टेलिकम कम्पनीहरुको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेलको सेयर किनबेच सम्बन्धमा छानबिन हुने बताएका छन् । 

बुधबार संसदको लेखा समिति बैठकमा अध्यक्ष खनालले एनसेलको सेयर खरिद बिक्रीको अंक र प्रक्रिया शंकास्पद रहेकाले छानबिन हुने बताएका हुन् । 

एनसेलको स्वामित्व रहेको रेनाल्ड होल्डिङको शतप्रतिशत सेयर खरिद बिक्रीका लागि आजियटा र यूके स्पेक्ट्रलाइटबीच सहमति भएको आफूले जवाफ पाएको भन्दै उनले अध्ययनका लागि सहमतिको कागजातपत्र मागेको जानकारी दिए । 

Logo