मनाङमा पनि देखियो कोरोना, आज गण्डकी प्रदेशमा ४२ जना थपिए

मनाङमा पनि देखियो कोरोना, आज गण्डकी प्रदेशमा ४२ जना थपिए


कास्की ।

गण्डकी प्रदेशमा आज ४२ जना कोरोना सङ्क्रमित थपिएका छन् । नयाँ ४१ जना पुरुष र एक महिलामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

अब गण्डकीमा सङ्क्रमितको संख्या २ सय ८९ पुगेको छ । अहिले सम्म कोरोना नदेखिएको मनाङमा समेत आज कोरोना सङ्क्रमित भेटिएका छन् ।

योसँगै मनाङमा पहिलो पटक एक जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

मनाङका सङ्क्रमित कपिलवस्तुबाट पुगेका कर्मचारी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

आज थपिएका मध्ये नवलपरासी बर्दघाट सुस्ता पूर्वका १८ जना, तनहुँका १२ जना, गोरखाका ११ र मनाङका १ जना रहेका छन् ।

Skip This
Logo