सुर्तीजन्य पदार्थलाई निषेध गर्ने काठमाडौं महानगरको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

सुर्तीजन्य पदार्थलाई निषेध गर्ने काठमाडौं महानगरको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश


सुर्तीजन्य पदार्थ विक्री वितरणमा रोक लगाउने काठमाडौं महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालत, पाटनले आन्तरिम आदेश दिएको छ ।

शुक्रबार न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्म सुर्ती, खैनी, गुट्खा, पान परागजस्ता मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउने महानगरको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

महानगरपालिकाको स्वास्थ्य विभागबाट गत मंसिर १२ गते भएको निर्णयबमोजिम यही बिहीवारदेखि खैनी, गुट्खा, पान पराग वा यस्तै मुखमा राख्ने रस लिने वा सेवन गर्ने सुर्तीजन्य पदार्थहरुको बिक्री वितरण निषेध गरिएको थियो । साथै सार्वजनिक स्थलको सय मिटर वरपर बेच्न र सेवन गर्न नपाइने पनि भनिएको थियो । तर, श्रीराम टोवागो उद्योगले हालेको मुद्दामा यो आन्तरिम आदेश जारी भएको हो । 

हेर्नुहोस्, अन्तरिम आदेश-

 

 

 

 

 

Logo