होन्डा डियो १२५ को बिक्री वितरण शुरु, यस्ताे छ मूल्य

होन्डा डियो १२५ को बिक्री वितरण शुरु, यस्ताे छ मूल्य


अत्याधुनिक ‘स्मार्ट’ प्रविधिहरु र थप ‘पावर’ले भरपुर होन्डा डियो १२५ स्कुटरको बिक्री–वितरण सुरु भएकाे छ ।  नेपालका लागि होण्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले बिक्री–वितरण सुरु गरेकाे हाे । 

होन्डा डियो स्कुटरको पछिल्लो संस्करणमा वर्तमान प्रविधिमैत्री पुस्ताको आवश्यकता र सन्तुष्टिका लागि नविन विशेषताहरु समाहित रहेकोले रोमान्चक यात्राको भरपर्दो र शक्तिशाली सहयात्री बन्ने कम्पनीले जनाएकाे छ ।

यो स्कुटरको मूल्य २ लाख ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ । 

Logo