श्रीलङ्काका परराष्ट्रमन्त्री साब्रीले गरे चन्द्रागिरीको भ्रमण

श्रीलङ्काका परराष्ट्रमन्त्री साब्रीले गरे चन्द्रागिरीको भ्रमण


नेपाल भ्रमणमा रहेका श्रीलङ्काका परराष्ट्रमन्त्री मोहम्मद उभियास मोहम्मद अली साब्री आज काठमाडौँको एक प्रसिद्ध पर्यटकीय गन्तव्य चन्द्रागिरी पुगेका छन् । 

आज अपरान्ह चन्द्रागिरी पुगेका परराष्ट्रमन्त्री साब्रीलाई चन्द्रागिरी हिल्सका अध्यक्ष हेमराज ढकालले स्वागत गरेका थिए । साथै उनले मन्त्री साब्रीलाई त्यहाँको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वका बारेमा जानकारी गराएका थिए । 

No description available.

चन्द्रागिरी हिल्सका निमित्त महाप्रबन्धक श्याम तण्डुकारका अनुसार परराष्ट्रमन्त्री साब्री खुलेको आकाश लहरै देखिएका सुन्दर हिमालका दृश्यले निकै मोहित भएकाे र उनी  विभिन्न स्थानमा सेल्फी खिच्दै रमाएका थिए । 

No description available.

चन्द्रागिरी हिल्स दक्षिण एशियाकै एक महवपूर्ण पर्यटकीय र धार्मिक गन्तव्यका रुपमा विकास भइरहेको छ । सो हिल्समा केबलकार चढेर यसअघि पनि विभिन्न देशका सरकार प्रमुख तथा राष्ट्राध्यक्षका साथै अन्तर्राष्ट्रिय व्यक्तित्वहरु पुगेका छन् । यसअघि यहाँ चिनियाँ विदेश मन्त्री वाङ यी पनि पुगेका थिए । विदेशमन्त्री यीले यहाँबाट केही तलसम्म ट्रेकिङ पनि गरेका थिए । 

Logo