अत्याधिक चिसोका कारण युरोपेली देशहरूमा जनजीवन अस्तव्यस्त

अत्याधिक चिसोका कारण युरोपेली देशहरूमा जनजीवन अस्तव्यस्त


युरोपेली देशहरूमा लगातार चिसो बढ्दा जनजीवन अस्तव्यस्त भएको छ। स्वीडेनको क्विकजोक-एरेन्जार्कामा तापक्रम माइनस ४३.६ डिग्री सेन्टिग्रेडमा झरेको बताइएको छ। 

यो २५ वर्षमा स्वीडेनमा जनवरीको सबैभन्दा कम तापक्रम हो। अर्कोतर्फ स्क्यान्डिनेभियामा अत्याधिक चिसो र हिम आँधीका कारण विद्यालयहरू बन्द भएका छन् भने पश्चिमी युरोपमा तीव्र हावा र भारी वर्षाका कारण आएको बाढीमा परी एक जनाको मृत्यु भएको छ।

नर्डिक क्षेत्रमा बिहीबार लगातार तेस्रो दिन तापक्रम माइनस ४० डिग्री सेल्सियसभन्दा तल झरेको छ। नर्डिक क्षेत्रमा यातायात अवरुद्ध भएको छ, धेरै पुलहरू बन्द छन् र केही रेल र फेरी सेवाहरू स्थगित गरिकएका छन्। 

डेनमार्कमा प्रहरीले सवारी चालकलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ। साइबेरिया र आर्कटिक क्षेत्रबाट आएको शीतलहर पश्चिमी रूसमा पनि पुगेको छ। जसका कारण तापक्रम माइनस ३० डिग्री सेन्टिग्रेडभन्दा तल झरेको छ।

स्वीडेनमा बुधबार २५ वर्षयताकै सबैभन्दा चिसो जनवरीको रात रेकर्ड गरिएको छ। पानीका पाइप चिसोका कारण तापक्रम माइनस ३८.७ सेल्सियसभन्दा तल झरेका कारण उत्तरी ल्यापल्याण्ड क्षेत्रमा पानीको सङ्कट भएको छ।

जसका कारण टम्पेरे सहरका जनता पानीविना बाँच्न बाध्य छन्। यो अवस्था केही दिनसम्म रहन सक्छ। बेलायत, आयरल्यान्ड, नेदरल्याण्डमा तूफान ह्याङ्क आँधीले पश्चिमी युरोपका केही भागमा ठूलो क्षति पुर्याएको छ। बेलायत, आयरल्याण्ड र नेदरल्यान्ड्स ‘हेङ्क’ आँधीको चपेटामा परेका छन्।

Logo