प्रधानमन्त्री कप क्रिकेटः कोशीलाई हराउँदै मधेशको विजयी सुरुवात

प्रधानमन्त्री कप क्रिकेटः कोशीलाई हराउँदै मधेशको विजयी सुरुवात


प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई ७ विकेटले पराजित गर्दै मधेश प्रदेशले विजयी सुरुवात गरेको छ। शनिबारबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोशीले दिएको १ सय २८ रनको लक्ष्य मधेसले २०.१ ओभरमा ३ विकेट गुमाएर पूरा गरेकाे हाे।

कोशीका लागि कप्तान अंकित सुवेदीले ४० तथा फिर्दोस अन्सारीले ४१ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो स्कोरमा रन बनाउन सकेनन्। मधेसका लागि प्रदीप पाश्वानले ३ विकेट लिँदा पवन सर्राफ, रञ्जीतकुमार र राजेश यादवले समान २–२ विकेट लिए। त्यस्तै, विशाल पटेलका नाममा १ विकेट रह्यो।

१ सय २८ रनको लक्ष्य पछ्याएको मधेसले २०.१ ओभरमा नै ३ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। मधेसको जितमा अनिल साहले ८८ रनको सानदार अर्धशतकीय इनिङ खेले। उनले ५४ बलको सामना गर्दै १४ चौका र ३ छक्का प्रहार गरेका थिए।

त्यस्तै, अर्का ओपनर तथा कप्तान हरिशंकर साहले २४ रन बनाए। अनिल र हरिशंकरले पहिलो विकेटका लागि ८३ रनको साझेदारी गरेका थिए। कोशीका लागि सोनु मण्डलले २ विकेट लिँदा सुजन थपलियाले १ विकेट लिए।

Skip This
Logo