1
0
Shares

अञ्जली दिदीले यसवर्ष पनि भाइटीका लगाइदिने ,०५५ साल देखिको निरन्तरता

1
1
1

कात्तिक, ४, काठमाडौं
दिदी अञ्जली मास्केले यो पटक पनि गोरखनाथ मन्दिर परिसरमा सामूहिक रूपमा भाइटीका लगाइदिने भएकी छिन् । मास्केले ०५५ साल देखि सार्वजनिक रूपमा सामूहिक भाइटीकाको थालनी गरेकी हुन् । उनी अहिले ७२ वर्षकी पुगिन् । दिदीबहिनी नहुने दाजुभाइले मास्केकै हातबाट गोरखनाथ मन्दिर उपस्थित भएर भाइटीकाका लागि तयारी गरिएको मण्डपमा नै टीकाटालो गर्ने गरेका छन् । महाभूकम्पले गोरखनाथ मन्दिर ध्वस्त भएपछि यही मन्दिर परिसरमा त्रिपाल राखेर टीका लगाउने बन्दोवस्त बनाइएको छ ।

टीका लगाउन विदेशमा रहेका स्वदेशी तथा विदेशी दाजुभाइले उक्त दिनका लागि आफूहरू काठमाडौँ आइपुग्छौँ भनेका छन् । यसैको तयारीमा छिन् मास्के । दाजुभाइ दिदीबहिनी कोही नहुनेले रानीपोखरीको बालगोपालेश्वरमा दर्शन गर्ने चलन छ । यसो भए पनि दिदीबहिनी नहुनेले मास्केकै हातबाट टीका लगाई चिरायुको आशिष थाप्दै आएका छन् । दिदी अञ्जलीले दाजुभाइलाई कोसेली नल्याउन आग्रह गरेकी छिन् । भाइटीकाको शुभसाइत आज कात्तिक ४ गते विहान ११ः५१ मा परेको छ ।
गोरखापत्रबाट

प्रकाशित: ४ कात्तिक २०७४ ०६:१६ शनिबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी