दैलेखमा आइसोलेसनमा बसेका सङ्क्रमित र प्रहरीबीच झडप, चार जना घाइते

दैलेखमा आइसोलेसनमा बसेका सङ्क्रमित र प्रहरीबीच झडप, चार जना घाइते


दैलेख ।

जिल्लाको एक आइसोलेसनमा बसेका पिसिआर पोजेटिभ नागरिक र प्रहरीबीच झडप हुँदा चार जना घाइते भएका छन् । शनिबार नारायण नगरपालिका दैलेख बजारको त्रिभुवन उच्च माध्यामिक विद्यालयमा बसेका पिसिआर पोजेटिभ नागरिक र प्रहरीबीच झडप भएको हो ।

महिना दिन पुग्दा पनि पुनःस्वास्थ्य जाँच नगरिएको पिसिआर र आरडिटि पोजेटिभलाई एकै ठाउँमा राखिएको, खानपिनको राम्रो व्यवस्थापन नभएको भन्दै सङ्क्रमितले आन्दोलन गरेका हुन् ।

आइसोलेसनमा बसेका पिसिआर पोजेटिभ घर जान खोजेपछि प्रहरीले सामान्य बल प्रयोग गरी स्थिति नियन्त्रणमा लिएको दैलेखका प्रहरी प्रमुख हरी बहादुर वलीले बताए। प्रहरीको कुटाइबाट एक जना गम्भिर घाइते भएका छन् भने तीन जना सामान्य रहेका छन् । उनीहरु चार जनालाई उपचारका लागि स्वास्थ्य सेवा कार्यालय लगिएको छ ।

त्रिभुवन माध्यमिक विद्यालयको आइसोलेसनमा करिब ३४ जना पिसिआर पोजेटिभलाई राखिएको छ । केही दिन अगाडि उक्त विद्यालयको क्वारेन्टाइनमा राखिएकाले पानीसमेत नपाएको भन्दै आन्दोलन गरेका थिए ।रासस

Logo