‘कोरोनाबाट थप २ जनाको मृत्यु, २७३ नयाँ संक्रमित’ : स्वास्थ्य मन्त्रालय

‘कोरोनाबाट थप २ जनाको मृत्यु, २७३ नयाँ संक्रमित’ : स्वास्थ्य मन्त्रालय


काठमाडौं ।
कोरोना भाइरस संक्रमणबाट थप २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेशवर गौतमले थप २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको बताए । उनले जेठ २८ गते पर्सा जिल्ला वीरगंज महानगरपालिका घण्टाघर नजिक अन्दाजी २५ वर्षका एक पुरुषको बेबारिसे शव फेला परको र नारायणी अस्पतालको प्रयोगशालामा जाँच गर्दा जेठ ३० गते कोरोना पोजेटिभ पुष्टि भएको बताए । यस्तै बारा निजगढ नगरपालिका वडा नम्बर ६ योजना टोलका पाँच वर्षिय बालकलाई ज्वरो तथा श्वासप्रश्वासमा समस्या देखिएपछि शुक्रबार वीरगंज हेल्थ कियर अस्पतालमा उपचारका लागि ल्याइएको र आरडिटी परीक्षणमा पोजेटिभ आएपछि आइसोलेसन वार्डमा राखी उपचार गरिएको अवस्थामा मृत्यु भएको बताए । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा समेत कोरोना संक्रमण पोजेटीभ आएको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ सय ७३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पाइएको छ । प्रवक्ता गौतमले २४७ पुरुष र ३६ जना महिला रहेका छन् । यससँगै कुल संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ ।

प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा ५ हजार ६ सय ६१ पीसीआर परीक्षण र २ हजार ५ सय ३० आरडिटी परीक्षण भएको बताए । यससँगै हालसम्म कुल पीसीआर परीक्षण १ लाख २७ हजार २ सय ८८ जनाको भएको छ भने आरडिटी परीक्षणको संख्या १ लाख ९० हजार ५ सय ८२ पुगेको छ । यस्तै क्वारेन्टाइनमा रहेका मानिसहरुको संख्या १ लाख ५० हजार ५ सय ४९ रहेको छ भने आइसेलेसनमा उपचार गराएका संक्रमितको संख्या ४ हजार ४ सय ४ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा ३६ जना निको भएर घर फर्किएका छन् । जसमध्ये नारायणी अस्पताल वीरगंजबाट ५ जना पुरुष, साइकृष्ण आइसोलेशन सप्तरीबाट १७ जना पुरुष, आइसोलेसन सेन्टर सहपूर्व दुदुवा बाँकेबाट ८ जना पुरुष र भरतपुर अस्पताल चितवनबाट ६ जना पुरुष निको भएर घर फर्किएका हुन । यससँगै निको हुनेको संख्या ९ सय १३ पुगेको छ ।

Logo