१५ जनाको ज्यान जानुमा कोरोना मुख्य कारण होइन–प्रधानमन्त्री ओली

१५ जनाको ज्यान जानुमा कोरोना मुख्य कारण होइन–प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ जनाको ज्यान कोरोना भाइरसका कारणले मात्र नगएको बताएका छन् । बुधबार प्रतिनिधि सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

कोरोनाबाट ज्यान गुमाएका १५ जनामा नै कुनै न कुनै किसिमको दीर्घरोग भएको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले भने–‘१५ जनाको मृत्यु कोरोनाकै कारणले मात्र भएको छैन । अत्यन्त सिकिस्त भएका अथवा बाँच्ने स्थिति नरहेका व्यक्तिमा कोरोना पुष्टि भएकाे छ । पहिले उपचाररत रहँदा कोरोना फेला नपरेको र निधन भएपछि जाँच्दा कोरोना पुष्टि भएको छ ।’

त्यस्तै प्रधानमन्त्री ओलीले अन्य देशको तुलनामा नेपालमा कोरोनाबाट ज्यान जानेका संख्या सामान्य हुने बताएका छन् । नेपाली आफैमा रोग प्रतिरोधात्मक क्षमता बढी हुनु र सरकारले उपचारको राम्रो व्यवस्था गरेकाले देशमा सामान्य क्षती हुने उनको दाबी छ ।

Logo