प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्ने

प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्ने


काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन् ।

संसदमा प्रधानमन्त्रीले आगामी आर्थिक वर्षको बजेट र अन्य विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने बताइएको छ ।

आज बिहान ११ बजे संसद बैठक बस्दैछ । सो बैठकमा प्रधानमन्त्रीले कोरोना महामारीमा सरकारले गरेका काम, लकडाउन र एमसीसीको विषयलाई पनि सम्बोधन गर्ने बताइएको छ ।

प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत आज ३६ जना सांसदले प्रस्तुत गरेको खर्च कटौतीको प्रस्ताव निर्णयार्थ पेस हुने कार्यतालिका छ ।

Logo