उत्तर कोरियाद्वारा दक्षिण कोरियासँग सञ्चार सम्पर्क बन्दको घोषणा

उत्तर कोरियाद्वारा दक्षिण कोरियासँग सञ्चार सम्पर्क बन्दको घोषणा


काठमाडौं ।
उत्तर कोरियाले मंगलबार मध्यान्हदेखि लागू हुने गरी दक्षिण कोरियासँगको सम्पूर्ण संचार सम्पर्क बिच्छेद गर्ने जनाएको छ । दुबै देशको सीमा क्षेत्रमा उत्तर कोरियाले विरोधी पर्चा फालेको तर दक्षिण कोरियाले यसलाई रोक्नेतर्फ पर्याप्त ध्यान नदिएको उत्तर कोरियाले आरोप लगाएको छ ।

दक्षिण कोरिया सरकारले कोरियाली प्रायःद्वीपमा शान्ति कायम गर्न थप कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । आणविक निःशस्त्रीकरणको विषयलाई लिएर उत्तर कोरिया र अमेरिकाबीच जारी गतिरोधले पनि दुबै कोरियाबीचको सम्बन्धमा सुधार आउन सकेको छैन ।

उत्तर कोरियाबाट भागेका र दक्षिण कोरियाली रुढीबादी प्रदर्शनकारीहरुले उत्तर कोरियातर्फ सीमा क्षेत्रबाट ठुल्ठूला बेलुन उडाएका थिए । यी बेलुनमा उत्तर कोरियाली नेता किम जोङ उनको आणविक महत्वाकांक्षा र मानव अधिकार उल्लंघन गरेको भन्दै आलोचना गरिएका पर्चा पनि राखिएका थिए ।

सीमा क्षेत्रबाट भएका अवाञ्छित गतिविधिले उत्तर कोरियाली नेताको नेतृत्वलाई अपमान गरेको उत्तर कोरियाको बुझाई छ । पटक पटक बेलुन उडाइए पछि उत्तर कोरियाले दक्षिण कोरियासँग गरिएका अरु सम्झौताहरु पनि रद्द गर्ने चेतावनी दिंदै आएको छ ।

उत्तर कोरियाले भनेको छ, ‘हामी दक्षिण कोरियासँग जडित हटलाइन सहित सबै सञ्चार माध्यमहरु बन्द गर्दैछौँ । दक्षिण कोरिया हाम्रो दुश्मण हो । दक्षिण कोरियाले हाम्रो बिरुद्ध प्रचार गर्न रोक्न सकेन । दक्षिण कोरियाले हाम्रा अधिकारीहरुलाई यस बिषयमा छलफल गर्न फोन गरेन ।’

त्यस्तै दक्षिण कोरियाले यो कुरालाई खण्डन गरेको छ । उत्तर कोरियासँग फोन सम्पर्क गर्नको लागि कोशिष गरेको तर, कुनै प्रतिक्रिया प्राप्त नभएको भनेको छ ।

Logo