४ जेठ २०७९ बुधबार
1
1
1
1

0 Shares

निर्वाचन लगत्तै संविधान कार्यान्वयन हुन्छ – उपप्रधानमन्त्री गच्छदार

1
1
1
1
1
1

विराटनगर, ८, कात्तिक

उपप्रधानमन्त्री एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले मंसिर १० र २१ गते हुने संघीय संसद र प्रदेश निर्वाचन पश्चात् संविधानको सफल कार्यान्वयन हुने बताएका छन् ।लोकतान्त्रिक फोरम नेपाल र नेपाली काँगे्रस पार्टी बीच भएको एकीकरणपछि पहिलोपल्ट विराटनगर स्थित नेपाली काँग्रेस पार्टी कार्यालयमा हिजो आयोजित स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

उनले संविधानमा देखिएका असहमतिका मुद्दालाई संशोधन गरी मधेशी, आदिवासी जनजाति, थारु लगायत सबै वर्गले स्वीकार्य संविधान बनाउने स्पष्ट पारे। दोस्रो संविधानसभाबाट संविधान निर्माणका लागि आफूले तीन ठूला पार्टीलाई एक ठाउँमा ल्याउन सफल भएको उल्लेख गर्दै उनले जनताको आन्दोलनबाट प्राप्त लोकतन्त्र र प्रजातन्त्र बचाउन काँग्रेससँग पार्टी एकीकरण गरिएको स्पष्ट पारेका थिए। दुवै पार्टीका कार्यकर्ताको भावना अनुसार एकीकरण भएको प्रशंग उल्लेख गर्दै नेपाली काँग्रेसका नेता समेत रहेका उनले आगामी संसदीय एवं प्रदेश निर्वाचनमा नेपाली काँग्रेस सबैभन्दा ठूलो पार्टी हुने दाबी गरे । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले नेपाली काँग्रेस मात्र तराई, पहाड, हिमालका जनताका हितैषी पार्टी रहेको चर्चा गरे ।     रासस

प्रकाशित: ८ कात्तिक २०७४ ०८:५७ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी