अन्य प्रदेश १

अग्नि पीडितलाई ताप्लेजुङ समाजको सहयोग

काठमाडौं । ताप्लेजुङ जिल्लाका अग्नि पीडिलाई ताप्लेजुङ समाज नेपालले राहत वितरण गरेको छ । गत शुक्रवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा भएको आगलागीका कारण विस्थापित भएका घर परिवारलाई राहत समाजले राहत वितरण गरेको हो ।

राहतमा ३० परिवार र मैवाखोला गाउँपालिका – ३ साँघुका १ र आठराई त्रिवेणी गाउँपालिका – १ निघुरादिनका १ गरी ३२ परिवारलाई राहत बाँडिएको छ । ताप्लेजुङको सदमुकाम फुङ्लिङस्थित ट्याक्सी स्टेन छेउमा गत शुक्रबार आगलागी हुुँदा ८ घर जलेर नष्ट भएकाे थियाे । आगोलागीबाट व्यवसाय गर्दै आएका र भाडामा बस्ने ३७ परिवार विस्थापित भएका थिए ।

समाजले कुम्भकर्ण आपतकालीन कोषमार्फत पीडितलाई प्रति परिवार १० हजारका दरले रकम हस्तान्तरण गरेको कोषका संयोजक युवराज गुरुङले जानकारी दिए । तत्कालका लागि नगद वितरण गरिएको र पछि पुर्नस्थापनाका लागि समेत क्षतिको आधारमा सहयोग गर्ने संयोजक गुरुङले जानकारी दिए ।
राहत एकद्धार प्रणालीमार्फत वितरण गर्नुपर्ने भएकाले फुङ्लिङ नगरपालिकाको समन्वयमा वितरण गरिएको नगरप्रमुख छत्रपति प्याकुरेलले बताए ।

राहत वितरणमा नेकपाका नेता तथा तत्कालीन संविधान सभा सदस्य पासाङ शेर्पा, पूर्व सांसद तिलकुमार मेन्याङ्बो, प्रदेश सभाका सांसदहरु टंक आङ्बुहाङ, बलबहादुर साम्सोहाङ र होमकुमारी साँवा, जिल्ला समन्वय समिति प्रमुख धनेन्द्र मादेन, फुङ्लिङ नगरप्रमुख प्याकुरेल, फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष सरोज एभेङ, फुङ्लिङ नगर उपप्रमुख बमबहादुर भट्टराई, प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलासहित ताप्लेजुङ समाज नेपालका पदाधिकारी सहभागी भएका थिए ।

समाजले स्थापनादेखि नै जिल्लाबासीको आपतकालीन सहयोगका लागि कुम्भकर्ण राहत कोष स्थापना गरेको थियो ।

प्रकाशित: २८ वैशाख २०७७ १७:२८ आइतबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी