कृषि विकाश बैंकद्वारा फोटोपत्रकार महासंंघलाई ६ सय थान प्रेस ज्याकेट सहयोग

कृषि विकाश बैंकद्वारा फोटोपत्रकार महासंंघलाई ६ सय थान प्रेस ज्याकेट सहयोग


काठमाडौं ,
नेपाल फोटो पत्रकार महासंघलाई कृषि विकाश बैंक लिमिटेडले ६ सय थान प्रेस ज्याकेट सहयोग प्रदान गरेको छ ।

उक्त परिमाणको प्रेस ज्याकेट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले कृषि विकाश बैंकको प्रधान कार्यालय रामशाहपथ काठमाडौंमा सोमबार हस्तान्तरण गरेका हुन् । महासंघको तर्फबाट केन्द्रीय अध्यक्ष ध्रुब आले र अन्य पदाधिकारीहरुको टोलीलाई संयुक्त रुपमा उक्त परिणामको ज्याकेट हस्तान्तरण गरिएको हो ।

ज्याकेट हस्तान्तरण लगत्तै संक्षिप्त प्रतिक्रिया दिंदै प्रमुख कार्यकारी अधिकृत उपाध्यायले कोरोना महामारी रोकथामका लागि बैंकले शुरुदेखि सरकारलाई आर्थिक सहयोग गर्नेदेखि जनस्तरसम्म विभिन्न किसिमका सहयोग गर्दै आएको जानकारी गराए । उनले संचारकर्मीहरु सूचनाको सन्देशवाहक भएकाले कोरोना जस्तो महामारी रोकथाममा संचार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा बैंकका उपमहाप्रवन्धकहरु प्रताप सुवेदी, ध्रुबचन्द्र गौतम, यज्ञ प्रकाश न्यौपाने, दीर्घबहादुर अर्याल, मुख्य बजार ब्यवस्थापन विभागका प्रमुख अजय कुमार रिमाल, बजार ब्यवस्थापन शाखाका प्रमुखहरु समृद्धि कार्की, ध्रुब पौडेल, बिनोद कोईराला, अधिकृत सुदिल घिमिरे र सद्भावना दुत आश्रा रावत तथा महासंघको तर्फबाट केन्द्रीय उपाध्यक्ष सागर श्रेष्ठ, केन्द्रीय महासचिव हरिप्रसाद रेग्मी, केन्द्रीय सदस्य नरेश श्रेष्ठ र काठमाडौं शाखाका सचिव किरण पन्थ लगायत उपस्थित थिए ।

कोरोना महामारीका कारण जारी लकडाउनमा फोटो खिच्न कार्यक्षेत्रमा जानै पर्ने फोटोपत्रकारको बाध्यात्मक परिस्थितिका कारण प्रेस ज्याकेटको माग बढेपछि महासंघले विभिन्न संघसंस्थाहरुमार्फत सहयोग जुटाउने पहल गरेको हो । महासंघले जिल्ला तथा प्रदेशबाट माग भई आएको विभिन्न परिणामको प्रेस ज्याकेट, मास्क र स्यानिटाईजरहरु विभिन्न माध्यमबाट कार्यक्षेत्रमा सक्रिय फोटोपत्रकारहरुलाई उपलब्ध गराईरहेको छ ।

Skip This
Logo