विनियोजन विधेयकमाथि मन्त्रालयगत शीर्षकमा छलफल जारी (LIVE)

विनियोजन विधेयकमाथि मन्त्रालयगत शीर्षकमा छलफल जारी (LIVE)


काठमाडौं ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ को विभिन्न शीर्षकमाथिको छलफल शुरु भएको छ ।

आजको बैठकमा अर्थ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, उद्योग, वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसंख्या, कृषि तथा पशुपन्छी र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका विभिन्न शीर्षकका खर्च कटौतीको प्रस्तावसहित छलफल भइरहेको छ ।

छलफलमा सांसद दुर्गा पौडेल, डा मीनेन्द्रप्रसाद रिजाल, प्रेम सुवाल, प्रदीप यादव, बहादुरसिंह लामा, रामबाबु कुमार यादव, डिला सङ्ग्रौला, देवेन्द्रराज कँडेल, मीनबहादुर विश्वकर्मा, पार्वता डिसी चौधारी र पद्मनारायण चौधरीसहित १२ जनाले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकका प्रारम्भमा सभामुख अग्निप्रसाद सापकोटाले जेठ २० गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको ‘प्रमाण ऐन’, २०३१ लाई संशोधन गर्न बनेको विधेयकबारे सदनमा जानकारी गराएका थिए । सङ्घीय संसद्का दुवै सदनका बैठकबाट पारित भई संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उक्त विधेयक प्रमाणीकरण भएको थियो ।

 

Logo