1
1

बन्द भयो विद्युतीय शवदाह गृह

1
1
1

काठमाडौं ।

कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएका सिन्धुपाल्चोककी प्रसूति महिलाको शव शनिबार साँझ विद्युतीय शवदाह गृहबाट गरिएको थियो । त्यसैले शवदाह गृहलाई पुनः सञ्चालन गर्न योग्य हुनेगरी निर्मलीकरण नहुन्जेलसम्म यसबाट हुने शवदाह सेवा बन्द गरिएको शवदाह गृहका प्रशासकीय अधिकृत कुमार थापामगरले जानकारी दिए ।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाका अनुसार शवदाहमा संलग्न कर्मचारी तथा मजदुरले यहाँ काम गर्न मानिरहेका छैनन् । शवदाह गृहका लागि शवदाह गर्ने विशेष टोली नै खटाउनु पर्ने विषयमा कोषमा छलफल गरिएको छ ।

कोषाध्यक्ष थापाका अनुसार कोरोना भाइरसलाई लक्षित गरेर अर्थ मन्त्रालयले दुई शवदाह यन्त्र थपका लागि १५ करोड २० लाख रुपैयाँ बजेट निकासा गरेको छ । भाइरस सङ्क्रमणयुक्त शवदाह गर्दा अपनाउनु पर्ने पूर्वतयारी र यसका लागि आवश्यक रसायन उपकरण तथा शवदाहपछि गृहलाई निर्मलीकरण गरिने प्रक्रिया कोषले थालेको छ । ‘‘निर्मलीकरण सकिएपछि मात्र यन्त्र चालु हुन्छ,’’ डा. थापाले भने ।

उनका अनुसार कोरोना सङ्क्रमितको शनिबार यन्त्रमा शवदाह भएपछि गृहका सबै कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ । हाल चालु दुई यन्त्रमा आलोपालो गरी दैनिक आठ वटा शवदाह हुँदै आएको थियो । दाउरातर्फका ११ चिता भने चालु छन् । यहाँ शव जलाउने मजदुरलाई कोभिड–१९ को सङ्क्रमणबाट बच्ने पर्याप्त साधन नभएको गुनासो मजदुरको छ । शव जलाउन ४१ मजदुर कार्यरत छन् । दाहसंस्कार र काजकिरियाका लागि सामान उपलब्ध गराउने पशुपति सहकारी संस्थाका प्रमुख शरद वैद्यले कामदारलाई सुरक्षात्मक साधन नभएर के गर्ने के नगर्ने अन्योल र चिन्ता भएको बताए।गोरखापत्रबाट

प्रकाशित: ५ जेठ २०७७ ०८:५५ सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी