कोरोनाबाट विश्वमा मृत्यु हुनेको संख्या ४ लाख नजिक, ६८ लाख २६ हजार बढी संक्रमित

कोरोनाबाट विश्वमा मृत्यु हुनेको संख्या ४ लाख नजिक, ६८ लाख २६ हजार बढी संक्रमित


जेनेभा ।

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ९७ हजार ४११ पुगेको छ भने, संक्रमितको संख्या ६८ लाख २६ हजार २७३ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ ।

प्राप्त समाचार अनुसार कोरोना भाइरसको कारण बिरामी भएका ३३ लाख १२ हजार २५९ जना निको भएका छन् । हाल विश्वभरीमा कोरोना भाइरस संक्रमित ३० लाख ५९ हजार ११३ व्यक्ति उपचाररत रहेका छन् ।

संक्रमितहरुमा ५५ हजार ४५७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबेइ प्रान्तको उहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यमा शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका अत्यन्त प्रभावित भएको छ ।

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १९ लाख २४ हजार १८९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यस प्रकोपको कारण अमेरिकामा १ लाख ११ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

दक्षिण अमेरिकामा १० लाख ३० हजार ६९७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ४६ हजार ९० जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २१ लाख ८० हजार ८५५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ३१ हजार ९९० जनाको मृत्यु भएको छ ।

युरोपमा २० लाख ४५ हजार ७७१ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने, १ लाख ७७ हजार ११८ को मृत्यु भएको छ । एसियामा १२ लाख ६६ हजार ५०४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३३ हजार १४४ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा १ लाख ७२ हजार १८३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ४ हजार ७८३ जनाको मृत्यु भएको छ । ओसियाना ८ हजार ८५७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, १२४ जनाको मृत्यु भएको छ ।रासस /एएफपी

Logo