1
1
Kendrabindu - News & Articles from Nepal
1
1
1

0 Shares

चीनबाट नेपालका लागि छुट्यो कार्गो रेल

1
1
1
1
1
1
1
1

काठमाडौं । नेपाल–भारतबीच सीमा विवाद चुलिएका बेला चीनको सान्सी सहरको राजधानी सियानको सिन्चु स्टेसनबाट मालबाहक कार्गो रेल शुक्रबार नेपालका लागि छुटेको छ । यो सँगै अब, चीनको सियान सहरबाट सातामा एक पटक नेपालका लागि सामान बोकेर कार्गो रेल आउने भएको हो ।

नेपाल र चीनबीच हिमालयपार व्यापार तथा पारबहन सम्झौता भएपछि परिक्षणका रुपमा सियान अन्तर्राष्ट्रिय सुख्खा बन्दरगाहबाट पहिलो पटक मालबाहक रेल नेपालतर्फ प्रस्थान गरेको हो । नेपालका विभिन्न संस्था र व्यापारीले मगाएका सामानहरू बोकेर कार्गो रेल सिगात्सेका लागि छुटेको चीनका लागि नेपालका कार्यवाहक राजदूत सुशिल लम्सालले जानकारी दिएका छन् । चाइना रेलवे सिआन ब्युरो ग्रुप कर्पोरेसन लिमिटेड र चाइना रेलवे कन्टेनर ट्रान्सपोर्टेसन लिमिटेडले संयुक्त रूपमा कार्गो रेल संयोजन गरेको हो ।

मालबाहक रेल २६ व्यापारिक समूहको १३ लाख अमेरिकी डलर अर्थात् करिब १६ करोड रुपैयाँ बराबरको ३ सय ९० टनभन्दा बढी सामाग्री बोकेर नेपालका लागि छुटेको जनाइएको छ । जसमा कपडा, जुत्ता, अटो पार्टस् र निर्माण सामग्री रहेका छन् । सिगात्सेबाट सडकमार्ग हुँदै ती सामाग्री केरुङ र तातोपानी नाकाबाट नेपाल भित्र्याइने छ । यसका लागि करिब आठ दिनको समय लाग्ने जनाइएको छ ।

भूकम्पले थलिएको नेपालमाथि २०७२ सालमा भारतले नाकाबन्दी लगाएसँगै भारतसँगको व्यापारको एकाधिकार तोड्दै नेपालले चीनबाट पनि अन्तर्राष्ट्रिय व्यापार ढोका खोलेको थियो । सोही सम्झौतापछिको यो रेल ढुवानी पहिलो भएको जनाइएको छ । अन्तर्राष्ट्रिय व्यापारमा भारतसँगको निर्भरता तोड्ने प्रयास अन्तर्गत चीनका समुद्री र सुख्खा बन्दरगाह भएर तेस्रो देशसँग व्यापार गर्न नेपालले अघिल्लो वर्ष हिमालयपार व्यापार तथा पारबहन सम्झौता गरेको थियो । यस अघि पनि सन् २०१६ को मे ११ मा लान्झोउबाट पहिलो पटक मालबाहक रेल नेपालका लागि सामाग्री बोकेर सिगात्से आएको थियो ।

प्रकाशित: ११ जेठ २०७७ १५:४३ आइतबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी