९ जेठ २०७९ सोमबार
1
1
1
1

0 Shares

काेराेनाबाट मृत्यु हुनेकाे संख्या ४ लाख नाघ्याे, मृत्यु हुने भन्दा निको हुने ८ गुणा बढी

1
1
1
1
1
1

कोरोनाभाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वभर मृत्यु हुनेकाे संख्या ४ लाख २ हजार नाघेकाे छ ।

वर्ल्डो मिटर्स डट इन्फोका अनुसार आइतबार बिहानसम्म काेराेनाभाइरसका कारण मृत्यु हुनेकाे संख्या ४ लाख २ हजार ४७ पुगेकाे छ । त्यस्तै विश्वमा कोरोनाबाट संक्रमित हुनेकाे संख्या भने ६९ लाख ७३ हजार २४३ पुगेकाे छ । कुल सङ्क्रमितमध्ये ३४ लाख ११  हजार ९८  जना उपचारपछि घर फर्किएका छन् । याे निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे भन्दा साढे ८ गुणा बढी हाे ।

सबै भन्दा बढी अमेरिकामा  १ लाख १२ हजार ९६ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने १९ लाख ८८ हजार ५४४ पुगेकाे छ । संक्रमितमध्ये ७ लाख ५१ हजार ८९४ भने पूर्णरूपमा निको भइसकेका छन् । त्यसपछि ब्राजिलमा काेराेनाबाट संक्रमित हुनेकाे संख्या ६ लाख ७३ हजार ५८७ पुगेकाे छ मृत्यु हुनेको संख्या ३५ हजार ९५७ पुगेकाे छ । अहिले त्यहाँ ३ लाख ३५ हजार बढीकाे काेराेना सक्रिय रहेकाे छ ।

उता रूसमा ४ लाख ५८ हजार ६ सय जना भन्दा बढी  संक्रमित भएका छन् । काेराेनाका कारण मृत्यु हुनेकाे संख्या भने ५ हजार ७२५ पुगेकाे छ ।स्पेनमा संक्रमितकाे संख्या २ लाख ८८ हजार ३९० पुगेकाे छ । स्पेनमा कोरोनाका कारण २७ हजार १३५ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै बेलायतमा कोरोनाका कारण मृत्यु हुनेकाे संख्या ४० हजार ४६५ पुगेकाे छ । संक्रमितकाे संख्या भने २ लाख ८४ हजार नाघेकाे छ । छिमेकी मुलुक भारतमा पनि संक्रमण दर उच्च छ।  त्यहा अहिलेसम्म भारतमा २ लाख ४६ हजार बढी संक्रमित भएका छन् । काेराेनाका कारण ६ हजार ९४६ जनाकाे ज्यान गएकाे छ ।

नेपालमा भने कोरोनाका कारण १३ जनाको ज्यान गएको छ भने ३ हजार २ सय ३५ जना संक्रमित भएका छन्। यीमध्ये ३६५ जना पूर्णरूपमा निकाे भएका छन् ।

प्रकाशित: २५ जेठ २०७७ ०७:२६ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी