अन्य

विदेशबाट नेपाल आउने नागरिकका लागि भाडा दर कायम भाडा दरदेखि मितिसम्म सूचीसहित

15 Shares

काठमाडौं । सरकारले विदेशबाट नेपाल फर्किन चाहाने नेपालीहरुलाई लक्षित गर्दै हवाइ भाडा दर तोकेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न अपनाइएको लकडाउनका कारण प्रभावित नेपालीहरु स्वदेश फर्किदा लाग्ने भाडा दर तोकिएको हो । जुन समय र भाडा दर निम्न अनुसार रहेको छ ।

जुन १४ ढाका १ सय ६५ डलर
जुन १५ माले ४ सय ८० डलर
जुन १५ क्वालालम्पुर ४ सय ६५ डलर
जुन १६ दुबई ४ सय ५० डलर
जुन १६ दोहा ४ सय ९० डलर
जुन १७ सिड्नी १६ सय १५ डलर
जुन १७ बैंकक ३ सय ९० डलर
जुन १७ बहराइन ४ सय ९०
जुन १८ रियाद ५ सय ६५ डलर
जुन १८ दुबई ४ सय ५० डलर
जुन १९ नारिता ९ सय ३५ डलर
जुन १९ कुवेत ५ सय १० डलर
जुन २० साइप्रस ८ सय ३० डलर
जुन २० क्वालालम्पुर ४ सय ६५ डलर
जुन २० दोहा ४ सय ९० डलर
जुन २१ सोल ८ सय ७५ डलर
जुन २१ मस्कट ४ सय ६० डलर
जुन २२ बैंकक ३ सय ९० डलर
जुन २३ नारिता ९ सय ३५ डलर
जुन २३ माले ४ सय ८० डलर
जुन २४ जेद्दह ६ सय ९० डलर
जुन २४ कुवेत ५ सय १० डलर
जुन २५ अमेरीका १ हजार १ सय ९० डलर
जुन २५ सिंगापुर ५ सय २० डलर

त्यस्तै आलसम्म उडान मिति निर्धारण हुन नसकेका देशहरु निम्न अनुसार रहेका छन् ।
सुडान ८ सय ९० डलर
हङकङ ५ सय ५० डलर
जोर्डन ७ सय ७५ डलर
लण्डन १ हजार २ सय ८० डलर

यो सम्पूर्ण कर सहितको भाडा दर हो । वायुयानमा ८५ प्रतिशत अकुपेन्सी भएमा मात्र चार्टर हुनेछ । साथै यात्रुहरुले पीसीआर वा आरडीटी परीक्षण गर्दा नेगेटिभ पुष्टि भएकोे प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्नेछ । भने नेपाल आइसकेपछि पनि नेपाल सरकारको नियमअनुसार क्वारेन्टाइनमा बस्नुपर्नेछ उल्लेख गरिएको छ । साथै उडान र टिकट र अन्य जानकारीका लागि सम्बन्धित दूतावासमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

प्रकाशित: २९ जेष्ठ २०७७ १९:५२ बिहीबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी