बढेन वृद्ध भत्ता, सेतो छडी र ब्रेल लिपी निःशुल्क

बढेन वृद्ध भत्ता, सेतो छडी र ब्रेल लिपी निःशुल्क


सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि बृद्ध भत्ता वृद्धि गरेको छैन।

सरकारले सामाजिक सुरक्षा भत्ताका लागि साढे ६७ अर्ब रुपैयाँ विनियोजन गरेको छ । बिहीबार अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आवको बजेट प्रस्तुत गर्दै सबै सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिँदै उक्त बजेट विनियोजन गरिएको बताए ।

सरकारले दृष्टिविहीनले प्रयोग गर्ने सेतो छडी र ब्रेल लिपी निःशुल्क उपलब्ध गराउने भएको छ ।

Logo