११ कात्तिक २०७८ बिहीबार

मेलम्ची खानेपानी आयोजनाको काम अन्तिम चरणमा, यसै आर्थिक वर्षभित्र पानी आउने

काठमाडौं ।
मेलम्ची खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको सुरुङमार्गको काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।

सरकारले बजेटमार्फत यसै आर्थिक वर्षभित्र मेलम्चीको पानी काठमाडौँ उपत्यका ल्याउने र नयाँ आर्थिक वर्षदेखि खानेपानी वितरण गर्ने उल्लेख छ । त्यसका साथै सो आयोजनाको दोस्रो चरणको निर्माण कार्य सुरु गर्न ५ अर्व ४६ करोड रुपैंयाँ बजेट विनियोजन गरेको छ । त्यस्तै, उपत्यका खानेपानी र ढल निकास व्यवस्थापन गर्न ५ अर्व ८९ करोड रुपैँयाँ विनियोजन भएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडको प्राविधिक र वित्तीय अवस्था सुदृढ गर्न र संस्थागत पुर्नसंरचना गरी व्यवसायीक संस्थाको रुपमा विकास गर्न १ अर्ब ९९ करोड विनियोजन भएको छ । आगामी आर्थिक वर्षमा खानेपानी तथा सरसफाई मन्त्रालयलाई ४३ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन भएको छ । चालु आवमा मन्त्रालयका लागि ४३ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो ।

सरकारको सोही योजना अनुसार अघि बढेको आयोजना प्रमुख तिरेशप्रसाद खत्रीको भनाइ छ । असर भित्रै काम सकेर परीक्षण सुरु हुने उनको भनाइ थियो । अब १५ दिनभित्र सुरुङमार्गका सबै संरचनाहरु तयार पारिसकिनेछ । सुरुङमार्गका अडिट टनेलमा जडान गरिएका गेटहरु परीक्षण गर्ने तथा अपरेटिङ सिस्टम तयार पार्नुका साथै एउटा भेन्टिलेसन साफ्ट निर्माण पूरा गर्न बाँकी भएको आयोजनाले जनाएको छ । सो परिक्षणका लागि भारतबाट प्राविधिक ल्याएर परीक्षणको काम सुरु गरिएको छ ।

गेटहरुको परीक्षण सक्ने बित्तिकै पानी हालेर परिक्ष्ण गर्ने तयारीमा आयोजनाले छ । सरकारले विगतका वर्षहरुमा पनि दशैभित्र मेलम्चीको पानी ल्याउने बाचा गर्दै आएको छ । बिना मगर खानेपानी मन्त्री बने लगत्तै दशैंभित्र जसरी पनि पानी उपत्यकामा आउने बाचा गरेकी थिइन् । तर मन्त्री मगरको दशैं अझैसम्म आएको छैन । सरकारले आगामी साउनदेखि खानेपानी वितरण गर्ने भनेपनि आनी आउनेप्रति भने उपभोक्ताहरु विश्वस्त छैनन् ।

सरकारले बजेटमार्फत मेलम्ची खानेपानी आयोजनाको आवश्यक पूर्वाधार निर्माण कार्य चालु आवभित्र सम्पन्न गरी आगामी आवको शुरुदेखि नै काठमाडौं उपत्यकामा खानेपानी वितरण गर्ने बताए पनि विश्वास गर्ने कुनै आधार छैन । किनकी यसअघि पनि सरकारले कयौँपटक यसरी नै जनतालाई विश्वस्त गराउँदै आएको थियो । सरकारले मेलम्चीको बाँकी कामका लागि सार्वजनिक खरिद नियमावलीको १४५ अनुसार कामको प्रकृति अनुसार विभिन्न प्याकेज बनाएर ठेक्का लगाइने बताएको छ । सरकारले हरेक वर्ष मेलम्ची खानेपानी आयोजनाका लागि बजेट थपेको थप्यै छ । तर काम भने बर्षौं हुँदा पनि सकेको छैन ।

बजेटमा आगामी साउनदेखि नै उपत्यकाबासीलाई खानेपानी उपलब्ध गराउने भनिएको छ । अब काठमाडौँबासीका लागि पनि मेलम्ची खानेपानीको विश्वास उडिसकेको छ । आयोजनाले पटक पटक विभिन्न कारण देखाउदै म्याद थप्दै काम गर्दै गरेको भएपनि उपत्यकामा पानी ल्याउन भने सकेको छैन । दुई वर्ष अघि फागुन महिनाभित्र उपत्यकामा पानी पु¥याउन विकास समितिले सरकारलाई निर्देशन दिएको थियो ।

सरकारका मन्त्री तथा कर्मचारीको लापर्वाहीका कारण कयौँ प्रयास गर्दा पनि काठमाडौँवासीले पानी खान पाएका छैनन् । मेलम्ची खानेपानीको कामको ठेक्का लिएको इटालियन कम्पनी सीएमसीले गत पुसमा कम्पनी आर्थिक संकटमा परेको भन्दै ठेक्का तोडेपछि आयोजनाको काम ठप्प छ ।

प्रकाशित: ३ असार २०७७ १८:१८ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी