संविधान संशोधन विधेयक हटाइएकोप्रति कांग्रेस प्रवक्ता शर्माको आपत्ति

संविधान संशोधन विधेयक हटाइएकोप्रति कांग्रेस प्रवक्ता शर्माको आपत्ति


काठमाडौं ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज पेस हुने सूची तय भएको संविधान संशोधनको कार्यतालिका हटाइएको प्रति आपत्ति जनाएका छन् ।

सामाजिक संजाल ट्वीटरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै उनले सो प्रस्तावको प्रक्रिया सुचारु गर्न आग्रह गरेका छन् ।

‘प्रस्ताव ल्याउँदा कांग्रेस नचाहिने, फिर्ता गर्दा दोष लगाउने ?’ ‘को गर्दैछ यो षड्यन्त्र ?’ उनले भनेका छन् , प्रधानमन्त्री ज्यु प्रक्रिया सुचारु गर्नोस् । के.स.को बैठक बसेर संस्थागत निर्णय साथ नयाँ नक्सा र शंसोधनको पक्षमा उभिने जानकारी सर्वदलीय बैठकमै दिइसकेका छौं । यसमा हामी चट्टानी रुपले दृढ छौं, रहन्छौं ।

प्रवक्ता शर्माले नेपालको नयाँ नक्सा अनुसार निसान छाप अद्यावधिक गर्न ल्याइने संविधान संशोधनको प्रस्तावमा कांग्रेसको पूरा सर्मथन रहने बताउँदै यसलाई कसैले भाँड्न खोजेको त होइन भन्ने आशंका व्यक्त गरेका छन् ।

सरकारले बुधवारको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा राखिएको नेपालको नयाँ नक्सा अनुसार निशान छाप परिवर्तन गर्न ल्याइएको संविधान संशोधन विधेयक अन्तिम समयमा हटाएको थियो ।

Skip This
Logo