११ असार २०७९ शनिबार
1
1
1
1

0 Shares

पोर्न उद्योगको सबैभन्दा बदनाम अनुहार

1
1
1
1

अश्लील चलचित्रको निर्माण–कारोबार गर्ने पोर्न उद्योग बाहिरबाट हेर्दा जति चमकदार देखिन्छ, भित्रबाट यो त्यति नै डरलाग्दो छ । यो उद्योगमा चित्ताकर्षक र चर्चित अनुहार भरिभराउ छन्, त्यहीँ यहाँ बदनाम मानिसहरूको पनि कुनै अभाव छैन । अमेरिकी पोर्नस्टार जेम्स डीन त्यस्तै बदनाम व्यक्तिहरूमध्ये एक हुन् ।

पोर्न उद्योगमा उनलाई सबैभन्दा बदनाम अनुहार मानिन्छ । दर्जनभन्दा बढी पोर्न अभिनेत्रीहरूले जेम्सविरुद्ध बलात्कार, यौन हिंसा र दुव्र्यवहारको आरोप लगाइसकेका छन् ।

जेम्स डीनमाथि त आरोप के सम्म छ भने उनले आफ्नै गर्लफ्रेन्ड स्टोया सम्मलाई छाडेनन् । अति नै भएपछि स्टोयाले मनै हल्लाइदिने खुलासा गरिन् ।

मामिला २८ नोभेम्बर २०१५ को हो । अमेरिकी पोर्न स्टार स्टोयाले एउटा ट्विट गर्दै सहकर्मी पोर्न स्टार तथा आफ्नो एक्स–ब्वायफ्रेन्ड जेम्स डीनविरुद्ध बलात्कारको आरोप लगाइन् । डीनमाथि त्यसअघि पनि धेरै महिलाले गम्भीर आरोप लगाइसकेका थिए जसमध्ये धेरैजसो त पोर्न स्टार नै थिए र डीनसित काम गरिसकेका थिए । ती सबैको भनाइमा, डीनले उनीहरूमाथि यौन उत्पीडन गरेका थिए ।

                                                                   पोर्न स्टार स्टोया

वर्ष २०१५ मा पोर्न स्टार स्टोयाले सामाजिक सञ्जालमा यस सम्बन्धमा खुलासा गरिन् । त्यसमै उनले डीनमाथि बलात्कारको आरोप पनि लगाइन् ।

को हुन् जेम्स डीन ?

जेम्सको वास्तविक नाम ब्रायन सेभिला हो । सन् २००४ देखि उनी पोर्न उद्योगमा निरन्तर सक्रिय छन् । उनी खासमा आफ्ना अनौठा किसिमका पोर्न दृश्यहरूका लागि बढी परिचित मानिन्छन् । उनी आफ्नो ‘लुक्स’ र ‘डुड नेक्स्ट डोर’ जस्तो व्यक्तित्वका लागि महिलाहरूबीच निकै लोकप्रिय भएका हुन् । अवस्था के सम्म छ भने उनका प्रशंसकहरू आफूहरूलाई ‘डीनएजर्स’ भनिन मन पराउँछन् ।

… अरू को कसले लगाएका छन् आरोप ?

एशले फायर्स : एउटा अन्तर्वाताृको दौरानमा यी फिमेल पोर्न स्टारले के स्वीकार गरिन् भने डीनले सेटमा नै उनलाई बलात्कार गर्ने प्रयास गरेका थिए । उनी नुहाएर बाहिर निस्किरहेको बेला उनलाई घचेडे र निकै अँगालो मार्दै अँठ्याउँदै लगे । पछि डीनले यी कुरा गोप्य नै राख्नु भन्दै धम्क्याएका थिए ।

एम्बर रोयन : डीनविरुद्ध यी फिमेल पोर्न स्टारलाई पनि बलात्कार गरेको आरोप छ । सन् २००६ मा उनीहरूले एउटा मुभीको सुटिङ गरिरहेका थिए । ती अभिनेत्रीको आरोप छ, अचानक डीन कतिविधि आक्रामक भए भने एम्बरलाई त ब्लीडिङ पो हुन थाल्यो । उपचारका लागि उनलाई तत्काल अस्पताल दौडाउनु परेको थियो ।

कोरा पिटर्स : आरोप छ, डीनले यी एडल्ट अभिनेत्रीमाथि पनि जबरजस्ती करणी गर्ने प्रयास गरेका थिए । पिटर्सले उनलाई पर धकेली दिएकी थिइन जसपछि डीनले उनको घाँटी च्याँपीदिएका थिए ।

निकी ब्लू : पोर्न स्टार निकीले सन् २०११ मा डीनसित स्टुडियोमा भेटेकी थिइन् । यो कुरा उनीहरूको पहिलो फिल्मको समयको हो । उनी डीनलाई मन पराउँथिन् र चाहन्थिन्, डीनले नै उनीसँगै फिल्ममा काम गरुन् । यी एडल्ट एक्टे«सका अनुसार, डीनले त्यो कुरा मानेनन् र अनुरोध गर्दा उल्टै धक्का दिएर घाँटी अँठ्याउने प्रयास गरेका थिए ।

टोरी लक्स : एउल्ट एक्टे«स टोरी लक्सले ‘डेली ब्रेस्ट’ नामक वेबसाइटमा एउटा लेख प्रकाशित गराएर के भनिन् भने डीनले सन् २०११ मा एउटा फिल्मको सेटमा उनलाई यौन उत्पीडन गरेका थिए । टोरीले त्यसको विरोध गर्दा उल्टै अनुहारमा थुप्रै पटक थप्पड हिर्काएका थिए । सेटमा उपस्थित सबैजना केवल दर्शक बनेर बसेका थिए । कसैले पनि डीनलाई रोक्न र त्यसो नगर्न भन्न अगाडि सर्ने जाँगर देखाएन ।

बिली लाबेऊ : पोर्न स्टार लिली लाबेऊले डीनसित जोडिएको किस्सा आफ्नो करिअरको सबैभन्दा दुःखद पक्ष रहेको बताएकी छन् । भएको के थियो भने दृश्य छायाङ्कन भइरहेको बेला डीनले उनलाई कसिलो थप्पड प्रहार गरेका थिए जसले गर्दा लिलीको बंगारामा समस्या उत्पन्न हुन पुगेको थियो ।

जोआना एन्जल : जोआना एन्जलले सन् २००५ देखि २०११ सम्म डीनलाई डेट गरिन् । उनले बताएअनुसार, डीनले एकपटक दृश्य छायाङ्कन भइरहेको बेला उनको टाउको पानीमा डुबाइदिएका थिए । घटना घटिरहँदा एन्जललाई आफ्नो ज्यानै जाने हो कि भन्ने भय लागिरहेको थियो ।

डीनमाथि यी पोर्न स्टारहरूबाहेक पनि बोनी रोटेन, ब्री ओल्सन र फराह अब्राहमसमेत अन्य कतिपय महिलाले आफ्नो नाम खुलासा नगरिकन डीनमाथि संगीन आरोप लगाएका छन् । यद्यपि, स्टोयाले लगाएका सबै आरोपलाई डीनले साफ अस्वीकार गरिदिएका छन् । उनले आफूले महिलाहरूको सम्मान गर्ने गरेको बताउँदै पेसा र निजी जीवनको सिमानाबारे आफू जानकार रहेको प्रतिक्रिया दिएका थिए ।
(एजेन्सीको सहयोगमा)

प्रकाशित: १७ कात्तिक २०७४ १७:५२ शुक्रबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी