1
1

0 Shares

बुद्ध एयरको अभ्यास उडान सुरु

1
1
1

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमका कारण बन्द भएको हवाई उडान सञ्चालन हुनु पूर्व बुद्ध एयरले अभ्यास उडान गरेको छ । सरकारले उडान प्रोटोकल बनाएर हवाई सेवा सञ्चालनको तयारी गरेसँगै बुद्धले उडान पूर्व बिहिबार अभ्यास उडान गरेको हो ।

उडान सुरु भएपछि कुनै संक्रमित यात्रु जहाजमा भएको अवस्थामा अरुलाई संक्रमण फैलिनबाट रोकथाम गर्न अभ्यास उडान भएको बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्रबहादुर वस्नेतले जानकारी दिए । प्रोटोकलअनुसारको तालिम दिएर अभ्यास थालिएको उनले बताए । आन्तरिक उडान करिब ४० दिनपछि सुरु हुने भएपनि अभ्यास निरन्तर जारी रहने उनको भनाइ छ ।

बुद्धले नियमित उडान सुरु भएपछि आवश्यकता अनुसार यात्रुलाई स्यानिटाइजर र मास्कको व्यवस्था गर्ने उनले बताए ।
यात्रुलाई कम्पनीले नै भाइजर दिनेछ । तर, भाइजरको लागत मूल्य ५५ रुपैयाँ भने यात्रुबाट लिने उनको भनाइ छ । हरेक उडानपछि जहाज डिसइन्फेक्सन गरिने उनले बताए ।

प्रकाशित: ११ असार २०७७ १८:१३ बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी