४ जेठ २०७९ बुधबार
1
1
1
1

थप ४५ जनामा कोरोना पुष्टि,  सुदूरपश्चिममा मात्रै संक्रमितको संख्या तीन हजार ६ सय नाघ्यो 

1
1
1
1
1
1

सुदूरपश्चिममा थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा ३३ पुरुष र १२ महिला गरी ४५ जनामा कोरोना पुष्टि भएको हो।

थपिएका संक्रमित कञ्चनपुरको पुनर्वास नगरपालिकाका २० पुरुष र ८ महिला गरी २८ जना, कैलालीको गोदावरी नगपालिकाका ८ पुरुष र एक महिला गरी ९ जना, कैलालीकै धनगढी उपमहानगरपालिका ८ की २ महिला, कैलालीकै टीकापुर नगरपालिकाका एक पुरुष र डडेल्धुराको परशुराम नगरपालिकाका ४ पुरुष र एक महिला गरी ५ जना रहेको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाएका छन् ।

उनका अनुसार पछिल्लो २४ घण्टामा एक सय ३७ जनाको कोरोना परीक्षण भएको छ। योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या तीन हजार ६ सय ३९ पुगेको जनाएको छ ।

 

प्रकाशित: २१ असार २०७७ १४:५० आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी