१३ मंसिर २०७८ सोमबार

सभामुख सापकोटाले गराए आँखाको शल्यक्रिया

काठमाडौं ।

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको बुधबार मोतियाबिन्दुको शल्यक्रिया भएको छ । उनको काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा दायाँ आँखाको शल्यक्रिया गरिएको हो ।

अस्पतालका वरिष्ठ चिकित्सक डा सन्दुक रुइतसहितको टोलिले आज बिहान १०ः३० बजे शल्यक्रिया गरेका थिए ।

सभामुख सापकोटाको केही समय अगाडिदेखि दायाँ आँखामा समस्या देखिएको थियो । आँखामा समस्या देखिएपछि चिकित्सकहरुको सल्लाह अनुसार आज शल्यक्रिया गरिएको हो ।

आँखाको शल्यक्रियाका क्रममा लागेको सम्पूर्ण खर्च राज्यकोषमा व्ययभार नपर्नेे गरी सभामुख सापकोटा स्वयंले नै तिरेका छन् भने अहिले शल्यक्रिया पछि सभामुख सापकोटा आराम गरिरहेका छन् ।

सभामुख सापकोटाले शल्यक्रियामा संलग्न वरिष्ठ चिकित्सक डा सन्दुक रुइतसहितको चिकित्सकको टोली र सिंगो तिलगंगा आँखा अस्पताल परिवारप्रति आभार व्यक्त गरेका छन् ।

प्रकाशित: २४ असार २०७७ १२:४२ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी