धनकुटामा ३ स्वास्थ्यकर्मी, एक सुरक्षाकर्मीसहित ५ संक्रमित थपिए

धनकुटामा ३ स्वास्थ्यकर्मी, एक सुरक्षाकर्मीसहित ५ संक्रमित थपिए


धनकुटा ।
धनकुटामा ५ जना कोरोना संक्रमित थपिएका छन् । धनकुटा अस्पतालमा सोमबार ८३ जनाको स्वाब संकलन गरी पठाइएको थियो । जसमध्ये ६६ जनाको रिपोर्ट आएको धनकुटा अस्पतालले जनाएको छ ।

रिपोर्टमा ४ पुरुष र १ महिलामा कोरोना भाइरसको संक्रमण देखिएको र बाँकी १७ जनाको बुधवारसम्म रिपोर्ट आइसक्ने अस्पतालले जानकारी दिएको छ। थपिएका नयाँ संक्रमित मध्ये ३ जना २४, २८ र २९ वर्षका स्वास्थ्यकर्मी र ३७ वर्षका यसअघि संक्रमण पुष्टि भएकी स्वास्थ्यकर्मी परिवारका सदस्य र ३५ वर्षका सुरक्षाकर्मी छन् ।

धनकुटामा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । यस अघि जिल्ला अस्पताल धनकुटामा कार्यरत एक महिला स्वस्थ्यकर्मीलाई कोरोना पुष्टि भएको थियो । उनी अहिले विराटनगरस्थित कोरोना विशेष अस्पतालको आइसोलेसन वार्डमा उपचाररत छिन् । उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेको बताइएको छ ।

कोरोना पुष्टि भएसँगै संक्रमितलाई आइसोलेसन वार्डमा राखिएको जिल्ला अस्पताल धनकुटाका सूचना अधिकारी राजन पोखरेलले जानकारी दिए। संक्रमितलाई वुधबार बिहान विराटनगरस्थित कोरोना विशेष अस्पतालमा पठाइने उनले बताए । अन्नपूर्णबाट

Logo