२ जेठ २०७९ सोमबार
1
1
1
1

आईजीपी थापालाई दर्ज्यानी चिन्ह प्रदान

1
1
1
1
1
1

काठमाडौं ।

नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्ह लगाएका छन् ।

गृह मन्त्रालयमा बिहीबार आयोजित एक कार्यक्रममा गृहसचिव महेश्वर न्यौपानेले थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । थापा मंगलबार नेपाल प्रहरीको २८ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त भएका थिए । सरकारले वरिष्ठताका आधारमा थापालाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

आईजीपी ठाकुरप्रसाद ज्ञवाली ३० वर्षे सेवा हदका कारण बुधबारदेखि अनिवार्य अवकाशमा जाने भएपछि सरकारले थापालाई वरिष्ठताका आधारमा प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो । थापा प्रहरी प्रशासनको नीति निर्माण तहमा अब्बल मानिन्छन् । थापासँग विभिन्न जिल्लाको प्रहरी प्रमुख भई काम गरेको अनुभव छ भने महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी पनि सम्हालेका थिए ।

यस्तै थापाले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र प्रहरी महानिरीक्षकको सचिवालयमा बसेर समेत काम गरेका छन् । २०४९ साल वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थापाले अब भने २०७९ वैशाख १८ गते सम्म प्रहरीको नेतृत्व सम्हाल्ने छन् । थापाले बिहीबारदेखि नै प्रहरी महानिरीक्षकको कार्यभार सम्हाल्ने छन् ।

प्रकाशित: २५ असार २०७७ १२:४५ बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी