सिन्धुली अस्पतालमा १२ कर्मचारी र प्रहरीसहित २० जनाको आरडिटी पोजिटिभ

सिन्धुली अस्पतालमा १२ कर्मचारी र प्रहरीसहित २० जनाको आरडिटी पोजिटिभ


सिन्धुली ।
जिल्लामा २० जनामा आरडिटी पोजिटिभ देखिएको छ। सिन्धुली अस्पतालमा सोमबार गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परिक्षणमा २० जनामा एन्टिबडी पोजिटिभ देखिएको हो।

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि फ्रन्टलाईनमा कार्यरत, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधिसहित १५९ जनामा गरिएको परिक्षणमा सिन्धुली अस्पतालका १२ जना र अन्य ८ जनामा कोरोना पोजिटिभ देखिएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) योगेन्द्रप्रसाद पाण्डेले जानकारी दिए ।

‘आरडिटी परिक्षणमा प्रहरी, जिल्ला प्रशासनका कर्मचारी लगायत ८ जना र सिन्धुली अस्पतालमा कार्यरत १२ जना कर्मचारी गरी २० जनामा एन्टिबडी पोजिटिभ देखिएको हो,’ उनले भने।

प्रजिअ पाण्डेका अनुसार आरडिटि पोजिटिभ देखिएकाहरु सबैको पीसीआर टेष्ट गर्ने तयारी गरिएको छ । ‘उनीहरुको स्वाब संकलन गरेर पीसीआर टेष्टका लागि प्रादेशीक अस्पताल हेटौंडा या काठमाडौं पठाउने भन्ने विषयमा छलफल भइरहेको छ,’ उनले भने।

अस्पतालमा गत शनिवारबाट आइसोलेसनमा भर्ना भएका दुई जना र क्वारेन्टाइनमा रहेका २ जनाको पिसिआर टेष्ट भने नेगेभिट आएको पाण्डेले बताए । प्रादेशीक अस्पताल हेटौंडामा गरिएको चारै जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो।

उता कर्मचारीहरुको र्‍यापिट टेष्टमा कोरोना पोजिटिभ देखिएपछि सिन्धुली अस्पतालका प्रवक्ता डाक्टर प्रसन्न राजभण्डारीले सबैमा सजक रहन र धैर्य गर्न भनेका छन्। अस्पताललाई सिल गर्ने की कसरी सेवा प्रवाह गर्ने भन्ने विषयमा कुरा भईरहेको छ। कोरोना बाहेक अत्यन्त गम्भीर र सिकिस्त भन्दा बाहेकका विरामीहरुको उपचार गर्न अब सम्भव नभएको उनले जनाए । अन्नपूर्णबाट

Logo