कोरोना विरुद्ध लड्न डब्लुएचओलाई दुई अर्ब अमेरिकी डलर दिने चीनको घोषणा

कोरोना विरुद्ध लड्न डब्लुएचओलाई दुई अर्ब अमेरिकी डलर दिने चीनको घोषणा


काठमाडौं ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई चीनले दुई अर्ब अमेरिकी डलर सहयोग प्रदान गर्ने भएको छ । सो रकम दुई बर्षभरीमा कोरोना भाइरस विरुद्ध लड्नका लागि प्रदान गर्ने निर्णय भएको चिनियाँ राष्ट्रपति सि चिन फिङले सोमबार जानकारी दिए ।

विश्वभरी कोरोना भाइरसको महामारी फैलिएकाले त्यसको नियन्त्रण तथा न्युनिकरणका लागि संयुक्त राष्ट्रसंघीय यस निकायलाई चीनले सहयोगको घोषणा गरेको छ ।

विश्व स्वास्थ्य सम्मेलनका क्रममा राष्ट्रपति सिले कोरोना भाइरस सम्वन्धी सम्पुर्ण विवरण चीनले डब्लुएचओ र अन्य देशहरुलाई उपलब्ध गराउने पनि जानकारी दिए ।

“हामीले कोरोना भाइरसको नियन्त्रण र उपचार सम्वन्धी आफ्ना अनुभव सवैलाई बाँड्न चाहन्छौँ, हामीले हाम्रो श्रोत र शक्ति पनि वितरण गर्न चाहन्छौँ,” उनले भने ।

संगठनलाई अमेरिकाले यस अघि दिँदै आएको सहयोग कटौती गरेको बेला चीनले भने सहयोगको हात फैलाएको हो ।

अमेरिकाले सहयोग कटौती गर्ने घोषणा गर्दा विश्वभरबाट आलोचना भएको थियो । विश्वव्यापी महामारीका कारण संगठनलाई अहिले अझ धेरै आर्थिक सहयोगको आवश्यकता रहेको भन्दै संगठनले सहयोगका लागि अपिल गर्दै आएको छ ।रासस

Logo