११ कात्तिक २०७८ बिहीबार

सप्तकोशीमा पानीको बहाव उच्च, ४८ ढोका खोलिए

सप्तरी ।

दुई दिनदेखिको देशभर अविरल वर्षासँगै सप्तकोशी नदीमा आज बिहानबाट बाढी उर्लिएको छ । पानीको बहाव उच्च भएसँगै कोशी ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खोलिएको छ ।

आज बिहान ५ बजेको मापन अनुसार कोशी ब्यारेज भएर ३ लाख २९ हजार ३ सय ८० क्युसेक प्रतिसेकेन्डका दरले पानीको बहाव भइरहेको ब्यारेज नियन्त्रण कक्षले जानकारी दिएको छ । यो बहाव यस वर्षकै उच्च हो ।

पानीको बहावले खतराको तह पार गरेकाले तटीय क्षेत्रमा सर्तकता अपनाउन स्थानीय प्रशासनले सर्वसाधारणमा आग्रह गरेको छ ।

प्रकाशित: ६ साउन २०७७ ०६:४९ मंगलबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी