अन्य प्रदेश ३

मूख्य नदीहरुमा जल सतह घट्दो (भिडियाेसहित)

15 Shares

काठमाडौं ।

आज देशका मूख्य नदीहरुमा जल सतह घट्दो क्रममा रहेको छ । कन्काइ, कमला, बागमती, नारायणी लगायतका नदीहरुको बहाब घट्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका महानिर्देशक सरजु वैद्यले कोशी र त्यसका सहायक नदीहरुमा पानीको बहाब बढ्दो क्रममा रहे पनि कन्काइ, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबइ र केही सहायक नदीहरुमा पानीको बहाब घट्दो क्रममा रहेको बताए । यस्तै महाकाली, कर्णाली र त्यसका सहायक नदीमा बहाब घट्दो क्रममा रहेको छ ।

कन्काइ, कमला, बागमती नदीमा बहाब घटबढ हुने क्रममा रहको उनले बताए । गत २४ घण्टामा कन्काइ नदीमा ९८ दशमलव ४ मिलिलिटर पानी परेको छ । यस्तै भैरहवामा ६४ दशमलव ५, गल्कोटमा ७४ दशमलव २ मिलिलिटर पानी परेको उनले बताए । अहिले देशभरीको मौसम बदली रहेको छ । प्रदेश नम्बर ५ र गण्डकी प्रदेशमा हल्का वर्षा भइरहेको छ ।

आगामी २४ घण्टामा प्रदेश नम्बर १, २, ५, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको उनले बताए । आज अधिकांश स्थानमा वर्षा नभए पनि वर्षा नै नहुने भन्ने नभएको उनले बताए । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिँचाई विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीले पूर्वी राप्ती, भेरी, कन्काई, कमला, तिनाउ, पश्चिम राप्ती, बबई महाकाली लगायतका २१ वटा नदी आफ्नो कार्यक्षेत्र भित्र रहेको बताए । महाकाली, कर्णाली, बबई, नारायणी, रुपाताल संरक्षण, बक्राह, कोशी, बागमती र कमला लगायत १० वटा नदी नियन्त्रणको जिम्मेवारी पनि आफ्नो मातहत आउने बताए । गत आर्थिक वर्षमा ४७ किलोमिटर तटबन्द निर्माण भएको उनले बताए । गत वर्ष १ सय ९० हेक्टर जग्गा डुबान हुनबाट जोगाइएको पनि उनले जानकारी दिए ।

प्रकाशित: ७ श्रावण २०७७ १३:२१ बुधबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी