जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले विभिन्न ठाउँबाट ३ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं धुम्बाराही बस्ने कैलाली घर भएका प्रज्वल कार्कीलाई १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्रबार बेलुका प्रहरीले पक्राउ गरेको हो । बालिकालाई गत असार १३ गते दिउँसो जबरजस्ती करणी गरेका कार्कीलाई प्रहरीले ललितपुर एकान्तकुनाबाट पक्राउ गरेको जनाएको छ ।
यसैगरी रुकुम (पूर्व)मा २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सिस्ने गाउँपालिका स्यालापाखाका देविलाल परियार शनिबार दिउँसोे पक्राउ परेका छन् ।
प्रकाशित: ११ साउन २०७७ १७:४१ आइतबार