२० मंसिर २०७८ सोमबार

0 Shares

द्वन्द्वकालका घाइतेलाई कर्णालीमा निःशुल्क उपचार शुरु

जुम्ला , २७, कात्तिक

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा द्वन्द्वकालका घाइतेहरुको निःशुल्क उपचार शुरु भएको छ । द्वन्द्वकालका घाइतेले उपचार नपाउँदा निकै सास्ती व्यहोरिरहेका थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला र शान्ति तथा पुनःनिर्माण मन्त्रालयको शान्ति कोषको सहकार्यमा द्वन्द्वकालका घाइतेहरूको निःशुल्क उपचार सेवा शुरु भएको हो। ६ नम्वर प्रदेशका १० वटा र अछाम, वाजुरा र वझाङ जिल्ला गरेर १३ वटा जिल्लाका द्वन्द्वकालका घाइतेको उपचार कर्णाली अस्पतालमा हुने भएको हो । उपचार गराउन आउने द्वन्द्वकालका घाइतेको हकमा आतेजाते र उपचार सेवा निःशुल्क हुनेछ । साथै प्रसुती तथा स्त्री रोग, हाडजोर्नी तथा नसा, आँखा र रेडियोलोजी लगायतको सेवा विपन्न तथा सिमान्तकृत वर्गका बिरामीका लागि निःशुल्क प्रदान गरिने रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए ।

उनका अनुसार द्वन्द्वकालका घाइतेको हकमा परिचय पत्र भएमा उपचार गर्न सकिने छ भने विपन्न तथा सीमान्तकृत वर्गको बिरामीको उपचारका लागि सम्बन्धित गाउँपालिका वा नगरपालिकाको सिफारिस आवश्यक पर्ने छ । कार्तिक १४ गते मन्त्रालय स्तरीय सचिवको बैठकले जुम्ला अस्पतालबाट सेवा शुरु गर्ने निर्णय पारित गरेपछि कार्तिक २४ गते प्रतिष्ठानका उपकुलपति राजेन्द्रराज वाग्ले र शान्तिकोष बीचमा सम्झौता पत्रमा दस्तखत भई परियोजना शुरु भइसकेको छ।
नागरिकबाट

प्रकाशित: २७ कात्तिक २०७४ ०७:२३ सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी