अन्य प्रदेश ३

'अनसनमा बसेका युवाहरुका कुरा नसुन्नु सरकारको अटेरीपन' : काँग्रेस नेता पौडेल

15 Shares

काठमाडौं ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ‘इनफ इज इनफ’ अभियानका अभियन्ताहरुलाई भेट्न बसन्तपुर पुगेका छन् ।

पौडेलसहित कांग्रेस नेताहरु अनसनरत ‘इनफ इज इनफ’ अभियानका अभियन्ताहरुलाई भेट्न बसन्तपुर पुगेका हुन् । क्वारेन्टिन व्यवस्थापन गर्नु पर्ने, पीसीआर परीक्षणको दायरा बढाउनु पर्ने लगायतका माग राख्दै १६ दिनदेखि अनसनमा बसेका अभियन्ताहरुलाई भेटेर नेताहरुले स्वास्थ्यलाभको कामना गरेका छन् । सामान्य तर जनताका अति आवश्यक मागहरु राखेर अनसनमा बसेका युवाहरुका कुरा नसुन्नु सरकारको अटेरीपन भएको पौडेलले बताए । अनसनरत युवाहरुका मागहरु प्रति सरकारले बेवास्ता गर्नु सरकारको चरम लापरवाही भएको पौडेलको भनाइ छ ।

नेता पौडेलले देशको समस्याको मुख्य जड भ्रष्ट, कमिसनतन्त्र र भ्रष्टाचारतन्त्रलाई उखेल्न सबै मिलेर कडा संघर्ष गर्नुपर्ने बताए । अनसनरत युवाहरुलाई यस अघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताहरुले पनि भेटेका छन् । शतप्रतिशत पीसीआर परीक्षण हुनु पर्ने, क्वारेन्टिनको अवस्था सुधार गर्नु पर्ने लगायतका मा राख्दै आएका अभियन्ताहरुसँग सरकारले असार २३ गते लिखित सहमति गरेको थियो । सहमति कार्यान्वयन नभएपछि फेरि अनसनमा छन् ।

प्रकाशित: १८ श्रावण २०७७ १७:१५ आइतबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी