११ कात्तिक २०७८ बिहीबार

संक्रमण समुदायस्तरमै फैलिँदै गएपछि भक्तपुर प्रवेश गर्ने १३ नाकामा कडाइ

भक्तपुर ।

कोभिड–१९ रोगका सङ्क्रमित समुदायस्तरमै फैलिँदै गएपछि भक्तपुर नगरपालिकाले भक्तपुर नगर प्रवेश गर्ने मुख्य १३ नाकामा कडाइ गरेको छ ।

नगरपालिकाले आजदेखि भक्तपुर नगर प्रवेश गर्ने मुख्य नाका सल्लाघारी–नगरकोट सडक, कासान पुल, वन्ती, यातुमहादेव स्थान, शारदा क्याम्पस, गोसँ पुल, नाला सडक, थुसाचा, हनुमानघाट, भेलुखेल, राममन्दिर, बाराही र दूधपाटी नाकामा कडाइ गरिएको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिए।

सबै नाकामा कर्मचारी खटाएर नगर प्रवेश गर्नेहरूको विवरण सङ्कलन गरी आवश्यक निगरानी शुरु गरेको उनले जानकारी दिए। नगरप्रमुख प्रजापतिले संसारका ठूला र शक्तिशाली देशहरू कोरोनाको महामारी नियन्त्रण गर्न असफल भइरहेको विषम परिस्थितिमा नेपालमा महामारी फैलिनु अघि नै समाजलाई जोगाउन सचेतना कार्यक्रम र व्यक्तिगत सुरक्षा अपनाइ यो रोगको सङ्क्रमणबाट जोगिन आवश्यक रहेको बताए।

भक्तपुर नगरपालिका–७ का वडाध्यक्ष उकेश कवां, अर्का वडाध्यक्ष रवीन्द्र ज्याख्वले कोरोना सङ्क्रमितको व्यवस्थापनको लागि आवश्यक आइसोलेशन कक्षको जिम्मा सरकारले लिनु पर्ने बताए ।

प्रकाशित: २ भदौ २०७७ ०७:३० मंगलबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी