अन्य प्रदेश ३

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थपियो (भिडियाे)

15 Shares

काठमाडौं ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थपिएको छ । अब आगामी भदौ १७ गतेसम्म निषेधाज्ञा लम्बिएको छ ।

यस अघि एक साताका लागि गरिएको निषेधाज्ञाको समय आज सकिदै गर्दा उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले १७ भदौसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् ।

दुई सातापछि संक्रमण दर धेरै कम हुन्छ भन्ने विज्ञहरुको भनाइ लाई ध्यान दिंदै निषेधाज्ञा एक साताका लागि थपिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

काठमाडौं उपत्यकामा गत ४ भदौदेखि निषेधाज्ञा लागू गरिएको हो । निषेधाज्ञाको अवधिमा पनि उपत्यकामा दैनिक १५० देखि दुई सय भन्दा धेरै सम्म नयाँ संक्रमित थपिंदै आएको छ।

प्रकाशित: १० भाद्र २०७७ १२:०६ बुधबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी