1
1

0 Shares

रुकुमका ३ वटा मतदान स्थल महिलाको कमान्डमा

1
1
1

रुकुम, मंसिर, ९
केन्द्रविन्दु समाचारदाता
रुकुम पश्चिमका १११ मतदान केन्द्र मध्ये ३ मतदान केन्द्रमा महिला मात्र खटिएका छन् । सुरक्षाकर्मी देखी कर्मचारी सम्म महिला मात्र खटिएका हुन् । मुसिकोट नगरपालिका भित्रका सरस्वति मावि सल्ले, शिव आधारभुत बिद्यालय पिपलनेटा र यमुना नन्द नमुना मावि सेरीगाँउमा निर्बाचनमा खटिएका सबै कर्मचारी र सुरक्षाकर्मी महिला मात्र रहेका छन् । मुख्य निबार्चन अधिकृतको कार्यालयले प्रदेश सभा क्षेत्र नं १ का लागी कर्मचारी मतदान अधिकृत देखी कार्यालय सहयोगी सम्म महिला खटाएको हो ।

यस्तै ती मतदान केन्द्रमा प्रहरी देखी म्यादी सम्म महिला मात्र रहेका छन् । सरस्वती मावि सल्लेको क मतदान केन्द्रमा अनिता दण्डख्या मतदान अधिकृत छिन भने शिव आधारभुत प्राविको मतदान अधिकृतमा ह्रदयकली पौडेल छिन् यस्तै यमुनानन्द माविको ख मतदान केन्द्रमा दिक्षा पोख्रेल मतदान अधिकृत छिन् । ३ वटै मतदान केन्द्रमा ८–८ जना कर्मचारी खटिएका छन् । सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले महिलाले पनि जिम्मेवारी बहन गर्न सक्छन् भन्ने बिश्वासका साथ खटाएको बताए ।

प्रकाशित: ९ मंसिर २०७४ १६:४६ शनिबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी