काठमाडौं ।
नेपाली सेनाको पुरानो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नारायणहिटी दरबार संग्रहालयमा राख्न गुडाएर लगिएको छ ।
शनिबार गाडी कम गुडेको समयमा एयरपोर्टबाट तीनकुने, नयाँ बानेश्वर, माइतीघर, शहीदगेट, जमल हुँदै नारायणहिटी दरबार लगिएको हो ।
सो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि ग्राउण्डेड अवस्थामा रहेको थियो ।
०३१ सालमा तत्कालिन राजा वीरेन्द्रले राज्याभिषेकका बेलामा प्रयोग गरेका थिए ।
सरकारको निर्णय अनुसार सो जहाजलाई नारायणहिटी संग्रहालयको प्रदर्शनीमा राख्नका लागि लगिएको हो ।
प्रकाशित: २८ भदौ २०७७ १२:२४ आइतबार