प्रदेश नं. १ मा कोरोना संक्रमित २८ पुग्यो, अस्पतालको सुरक्षामा सेना

प्रदेश नं. १ मा कोरोना संक्रमित २८ पुग्यो, अस्पतालको सुरक्षामा सेना


विराटनगर ।

प्रदेश नं. १ को विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रको सुरक्षाका लागि बुधबारबाट नेपाली सेना खटाइएको छ। प्रदेशमा मात्र कोरोना पुष्टि हुनेको संख्या २८ पुगेपछि अस्पतालको सुरक्षा जिम्मा सेनालाई दिइएको हो।

उदयपुरमा कोरोना पुष्टि भएका १६ नेपाली र १२ भारतीय नागरिकको उपचार भइरहेको अस्पतालको सुरक्षा जिम्मा पहिलो पटक सेनालाई दिइएको हो।

यस अघि अस्पतालको सुरक्षाका लागि प्रहरी मात्रै परिचालन गरिएको थियो। प्रदेश १ मा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेका बेला जिल्ला सुरक्षा समिति मोरङको बुधबार बसेको बैठकले अस्पतालको सुरक्षामा सेना पनि खटाउने निर्णय गरेको हो। अब अस्पताल सुरक्षामा सेना र प्रहरीको संयुक्त टोली रहने छ।

मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले कोरोना संक्रमितको उपचार भइरहेको अस्पतालको सुरक्षाका लागि सेना खटाउने विशेष निर्णय भएको जानकारी दिए। उनले विभिन्न घटनाक्रम अनुसार चौतर्फी प्रहरी उपलब्ध गराउनुपर्ने अवस्थामा सहजता प्रदान गर्न अस्पताल सुरक्षामा सेना खटाउनु परेको बताए।

मोरङको थलाहास्थित नेपाली सेनाको सूर्यदल गणका प्रमुख सेनानी रघु पौडेलले अस्पतालको सुरक्षाका लागि सबै ध्यान केन्द्रित गरिने उनले बताए । त्यहाँ खटिएका प्रहरीलाई सहयोग गर्दै अस्पतालको सुरक्षालाई पहिलो प्राथमिकतामा राखिने जानकारी उनले दिए ।

प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचार गर्न विराटनगरमा १० वटा भेन्टिलेटरसहित ५० बेडको कोभिड १९ उपचार केन्द्र सञ्चालन गरेको छ। प्रदेश १ को उदयपुरमा फेला परेका कोरोना संक्रमितको यही केन्द्रमा उपचार भइरहेको छ। उदयपुरमा २६ पुरुष र २ महिलामा कोरोना देखिएको हो।अन्नपूर्णबाट

Logo