सरकारले जारी गरेको अध्यादेश बेमौसमी बाँसुरी– कांग्रेस

सरकारले जारी गरेको अध्यादेश बेमौसमी बाँसुरी– कांग्रेस


काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकले सरकारले जारी गरेको अध्यादेश बेमौसमी बाँसुरी भएको उल्लेख गरेको छ । सोमबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जारी गरेको विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ । उनले सरकारले आज जारी गरेका अध्यादेश इतिहासकै सबैभन्दा दुःखद घटना भएको बताएका छन् ।

‘कोरोनाको संक्रमणबाट नेपाल र नेपालीको रक्षा गर्ने यो घडीमा सबै खाले विमति र आग्रहबाट माथि उठेर नेपाली कांग्रेस सरकारलाई हरसंभव सघाउँदै आएको छ । यतिबेलाको प्रधान दायित्व भनेको कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउनु हो’–कांग्रेसद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ–‘यो घडी सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु भनेको इतिहासकै सबैभन्दा दुःखद घटना हो र बेमौसमी बाँसुरी हो ।’

त्यस्तै नागरिक जीवन संकटमा रहेको घडीमा सरकारले चालेको कदम र राष्ट्रपतिबाट हतारमा गरिएको प्रमाणिकरणले सबै व्यवस्थालाई उल्लंघन गरेको कांग्रेसको ठहर छ । साथै, नेपाली कांग्रेसले सरकारले ल्याएका अध्यादेश अलोकतान्त्रिक एवं संविधानको मर्म विपरित भएकाले तत्काल फिर्ता लिन माग गरेको छ ।

त्यस्तै विपद्को बेला यस्ता खेल भन्दा माथि उठेर कोरोनाबाट आमनागरिकको जीवन रक्षा गर्न आग्रह गरेको छ । विपद्को बेला यस्ता बेमौसमी बाजा बजाउनुले सरकार आमनागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको पुष्टि भएको कांग्रसको आरोप छ ।

पूरा विज्ञप्तिः

Skip This
Logo