प्राइम बैंकद्वारा कोरोना रोकथाम कोषमा १ करोड ७५ लाख सहयोग

प्राइम बैंकद्वारा कोरोना रोकथाम कोषमा १ करोड ७५ लाख सहयोग


काठमाडौं ।

प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारद्वारा स्थापित “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा एक करोड पचहत्तर लाख सहयोग गरेको छ ।

सो रुपैयाँ बराबरको चेक बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईलाई शुक्रबार हस्तान्तरण गरियो ।

बैंकले लकडाउनका बेला दैनिक ज्याला मजदुरी गर्ने तथा बिभिन्न आश्रममा आश्रितहरुलाई दाल, चामल लगायत खाद्यान्न बितरण गरी सहयोग पुर्याउँदै आएको छ ।

Logo